Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायो : प्रकाशमान सिंह

रोल्पा, ३० भाद्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन नेकपा सरकारले संविधानकाे भावना, मर्मअनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेका कारण संविधान जोगाउनका लागि गठबन्धन सरकार बनेको दाबी गर्नुभएकाे छ । आज काठमाण्डाैमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभयाे ।


उहाँले भन्नुभयो, ‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार । देश ठूलो दुर्घटनाबाट जोगाएर ट्र्याकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।’

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै उहाँलेआउँदाे चुनावबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताउनुभयो ।

साथै नेता सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताउनुभएको छ । उहाँले काठमाण्डाै जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले वाग्मती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले तत्कालीन नेकपाको सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको पनि बताउनुभयो ।