विमानस्थलबाट ७७० ग्राम सुनसहित महिला पक्राउ

राजेश नेपाली नेटवर्क,१० भाद्र । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-८ सुकुलढोका स्थायी वतन भएकी वर्ष ५६ की कबिता श्रेष्‍ठ रहेकी छन् ।


फ्लाइ दुबईको विमानबाट दुबई हुँदै काठमाडौं आएकी उनलाई त्रिभुवन विमानस्थल सुरक्षा चेकजाँचका क्रममा शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीले कविताको साथबाट ७७० ग्राम तौल बराबरको सुन बरामद गरेको छ। उनले स्ल्याक्सभित्र डाइपरमा सुनलाई अर्धठोस बनाएर भन्सार छलेर लुकाएर लैजान खोजेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई बरामद सुजसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Previous Post Next Post