गोकुल मावीमा भएको घटनाप्रति साझा युवा संजालले ध्यानाकर्षण पत्र बुझायो

आर.एन नेटवर्क, चैत १३ रोल्पा  । श्री गोकुल माध्यमिक विद्यालय सिर्पमा भएको घटनाप्रति बिकृति बिसङगति विरुद्धमा साझा युवा संजालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष र गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

ध्यानाकर्षण पत्रको तस्बिर 

बि.व्य.स अध्यक्ष नरेन्द्र खड्कालाई ध्यानाकर्षण पत्र 
वडा अध्यक्ष अमृत घर्ति मगरलाई ध्यानाकर्षण पत्र
लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत थापा

बिकृति बिसङगति विरुद्धमा साझा युवा संजाल सिर्पले बि.व्य.स अध्यक्ष नरेन्द्र खड्का, वडा नं. २ का वडा अध्यक्ष अमृत घर्ति मगर र गाउँपालिका अध्यक्ष भरत थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो । 






ध्यानाकर्षण पत्रमा लेखिएको छ:- प्रस्तुत बिषय मा यही मिति २०८१ फागुन २६ गते देखि चैत ५ गते सम्म संचालन भएको आधारभुत तह कक्षा ८ को बार्षिक परिक्षा अन्तर्गत जम्मा १८४ जना परिक्षार्थी सहभागी भएको परिक्षा केन्द्र श्री गोकुल माध्यमिक विद्यालय लुङ्ग्री गाउँपालिका वडा नं २ सिर्प रोल्पामा परिक्षालाई मर्यादित रूपमा शान्त बतावरणमा सम्पन्न गर्नु पर्ने समयमा शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई नै धरापमा पार्ने हेतुले अराजक शैलीमा केहि सरहरुको मिलेमतोमा सिसि टीभी क्यामेरा बन्द गराइ स्कुलको कार्यालय भित्र चितहरु बनाइ बिद्यार्थीहरुलाइ पुराएको र डराज भित्र ल्हा छाप लगाएर राखेको उत्तर पुस्तिकाको कभर काटेको जस्ता शैक्षिक जघन्य अपराध घटेको सूचना पाइसके पछि अपराध अनुसन्धानको लागी छानबिन समिति बनाइ उक्त छानबिन समितिले आफ्नो समय भित्र शैक्षिक अपराधीहरुलाई पत्ता लगाई दोषी ठहर गरेको प्रतिबेदन तयार गरेकोमा हार्दिक धन्यवाद दिँदै छानबिन समितिले प्रतिवेदन सम्बन्धित निकायमा बुझाइ सकेको आज धेरै दिन भइ सक्दा पनि निज दोषिहरुलाई कारबाहि किन भएन ? के को लागि कारबाहि गर्नबाट किन ढिला सुस्ताइ भइरहेको छ ? छिटो भन्दा छिटो निज दोषिहरुलाई कानुनी कारबाहि गर्नको लागि यो ध्यानाकर्षण पत्र पेश गर्दछौं ।

दोषी ठहर हुँदा हुदै पनि आम माफि दिने जस्तो अनैतिक क्रियाकलाप भएको खण्डमा हामी विकृति बिसंगति बिरुद्धमा साझा युवा संजालको टिम कडा रूपमा आन्दोलनमा उत्रिएर अदालतको ढोकामा समेत पुग्ने जानकारी गराउदछौ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

ध्यानाकर्षण पत्र स्थानीय युवाको सक्रियतामा बुझाइएको बताइएको छ ।




Previous Post Next Post