आर.एन नेपाली नेटवर्क, ०६ भाद्र । रोल्पाको लुङग्री गाउँपालिका २ सिर्पमा रहेको तपासी भूमि युवा क्लबको तिज विशेष तथा दशौं वार्षिकोत्सव विविध सास्कृतिक र खेलकुद कार्यक्रम गरी मनाउने भएको छ ।
‘तपासी भूमि हाम्रो शान, सभ्य समाज निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ वार्षित्कोत्सव मनाउन लागेको हो ।
सामाजिक क्षेत्रमा सकारात्मक, सन्देशमुलक, जनचेतना मुलक, परिवर्तनशिल र बिकृति बिसंगति बिरुद्धमा आवाज बुलन्द गर्दै यस वडाभित्रका सबै युवाहरुलाई समेत्दै, एकताको सन्देश दिदै जस्ता समूहको नारा पनि रहेको छ ।
कार्यक्रममा वडा स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, तीज विशेष खुल्ला लोक दोहोरी, तीज एकल नृत्य, तीज बिशेष बिवाहित नृत्य, महिला कुर्सी दौड, महिला चम्चा दौड, पुरुष रस्साकस्सी, महिला रस्साकस्सी र महिला अधिकार सम्बन्धी बकक्तित्वकला प्रतियोगिता सञ्चालन गरिने तपासी भूमि युवा क्लबले जाानकारी दिएको छ ।
यस्तै अन्य विधातर्फ खुल्ला तीज बिशेष गजल प्रतियोगिता, जोडी बोकाई, खुल्ला टिकटक, घैटाफोर र भाले पक्ड प्रतियोगिता सञ्चालन हुने क्लबका सचिव लेते मगरले जानकारी दिनुभएको छ । वार्षिकोत्सव भाद्र ९ गतेदेखि १५ गतेससम्म बालविकास प्रा.विको प्राङ्गणमा सञ्चालन गरिने छ ।
वार्षिकोत्सवको अवसरमा विभिन्न संघ संस्था, युवा क्लव, युवा समूह, राजनीतिक दल, शिक्षाप्रेमी, साहित्यकार, बुद्धिजिवी, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार, खेलाडी, खेलप्रेमी, शिक्षक, विद्यार्थी, झाँकी नाच समूह र आमा समूह लगायतलाई उपस्थित हुन समूहले अनुरोध गरेको छ ।




0 Comments