दिपक पुनको नयाँ गित नरुनु है सानु सार्वजनिक (भिडियोसहित)

रोल्पा, असार १३ । गायक तथा संचारकर्मी दिपक पुनको नयाँ गित नरुनु है सानु गित सार्वजनिक भएको छ । रोल्पाको सुनिल स्मृति  गाउँपालिका २ खल्सिङ्गेमा २०४८ मङ्सिर १० मा बुवा चन्द्र प्रसाद पुन र आमा भानु पुनको कोखबाट जन्मनुभएको हो । गायक पुन उहाँको स्वर्गीय दाइ टेकेन्द्र पुनको प्रेरणाले साङ्गितिक क्षेत्रमा  लागेका दिपक पुनले करिब २ दर्जन भन्दा बढी गित बजारमा ल्याईसकेको बताउनु भएको छ । उहाँको श्रीमतीले पनि थुप्रै गितमा आवाज दिनुभएको थियो ।

बिडम्बना गएको २०७९ साल भदौ १८ गते मा दिपक पुन लोक स्टारको अडिसन दिन काठमाडौ गएको बेला आफ्ना २ छोराहरु अपोल्लोस पुन र जोन पुनको बिचमा सुत्नु भएकी रोल्पाको सदरमुकाममा १० बर्ष यता कोठा भाडामा लिएर बस्दै आउनुभएका दिपक पुनको श्रीमति गायिका चन्द्रा मिलन्सार पुन कहिल्यै नआउने गरि संसारलाई छोडेर जानुभयो ।

गायक दिपक पुन आफ्ना छोराहरुलाई बसेता पनि संगीत यात्रा उहाँको लागि बिगतलाई भुलाउने माध्यम जस्तो बनेको छ।गायक पुन गायककार मात्र नभएर/संगीतकार/साथै संचारकर्मी पनि हुनुहुन्छ । 

दिपक पुनको  नरुनु है सानू बोलको गित घुम्फिर मिडियाबाट आज  सार्बजनिक भएको छ । डि सिनेमा आर्टको प्रस्तुति रहेको उक्त गित २०७६ सालमा काठमाडौमा रहेको मारुनी स्टुडियोमा रेकर्डिङ भएको थियो ।


आर्थिकको कारणले गर्दा उक्त गितको भिडियो भएको थिएन करिब ४ बर्षको अन्तराल पछि बल्ल तल्ल भिडियो भएको छ। उक्त गितको थेगो साथै संगीत तथा स्वर दिपक पुनको रहेको छ भने शब्दमा थवाङ गाउपालिका उवामा जन्मिएकी  आशा सानी मगरको रहेको छ।

 
अभिनयमा रोल्पा नगरपालिका पेडिखोलामा जन्मिएकी मन कुमारी थापा (मुस्कान) र सिर्पमा जन्मिएका थामे सुनार (मिलनबाबु)सुनारले  गर्नु भएको छ । मारुनी स्टुडियोमा रेकर्ड भएको गित कुमार राणाले अडियो मिक्सिङ गर्नु भएको हो ।एरेन्जर याम थापा मगरले गर्नु भएको हो।सुमन राना मगरले रेकर्डिष्ट गर्नु भएको हो।

 
भिडियो छायांकन निर्देसन साथै सम्पादन दिनेश मुस्कानले गर्नु भएको हो दिपक पुनको अहिलेसम्म फरक फरक बिधाको करिब २ दर्जन बढी गित बजारमा आई सकेका छन ।

`उहाँले भन्नुभयो´ मान्छे भाईरलको पछि मात्रै जान्छन तर लोकप्रियता के हो कहिल्यै बुझ्दैन भनेर गुणासो गर्नुभएको थियो।
गितलाई सबै जनाले हेरिदिन साथै share गरिदिनुहुन पनि सबैलाई अनुरोध गर्नु भएको थियो ।


उहाँको आफ्नो श्रीमती चन्द्रा मिलनसार पुनको सम्झनामा बनाईएको गित मृत्युले तिमिलाई उठाए पनि बोलको गित पनि रिलेज हुन बाकी रहेको बताउनुभएको छ ।
गायक पुनको शृजनामा धेरै गित बजारमा आएपनि दुखको कुरो चर्चाभने पाउन सकेको उहाँले बताउनु भएको छ ।

भिडियो 



Post a Comment

0 Comments