आर.एन नेपाली नेटवर्क, २१ मङ्सिर । रोल्पाको त्रिवेणी गाउँपालिका १ यारी मा बुवा प्रेम लाल बाठा मगर र आमा खर्ग माली बाठा मगर को खोख बाट जन्मेकी जेठी सुपुत्री भीम कुमारी अहिले दाङ जिल्ला मा संघर्ष गर्दै आईरहेकी छिन्। सानै बाट गीत संगीत लाई माया गर्ने र गुनगुनाउने भीम कुमारी ले शुक्रबार मात्रै अत्यन्तै मार्मिक गीत मरे खबर सुन्न पाउने छौं बोल को लोक गीत बजार मा लिएर आएकी छिन्। उक्त गीत मा बिछोडिएको जोडी को जीवन कथा लाई समेट्न खोजिएको छ। यो गीत भीम कुमारी बाठा मगर को दोस्रो सांगीतिक प्रस्तुति हो। उन ले यो भन्दा केही दिन पहिले पञ्चे बाजा गीत बबई तरेर सिउँदो भरेर बोल को गीत बजार मा लिएर आएका थिए जुन गित मा भीम कुमारी बाठा मगर, वीरेन्द्र घर्ती मगर र सन्दीप सेञ्चुरीको आवाज सुन्न सकिन्छ। उक्त गीत भिडियो सुनछहरी खबर युटुब च्यानल मा गएर हेर्न सुन्न सकिन्छ।शुक्रबार सार्वजनिक भएको मरे खबर सुन्न पाउने छौं बोल को गीत मेक्सम नरेश अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ।
गीतमा नरेश खाती को शब्द सिर्जना छ भने संगीत संयोजन सुरेश सिवाकोटी को रहेको छ । भीम कुमारी बाठा मगर र नरेश खाती को सशक्त आवाजमा सजिएको यो गीतमा उनै नरेश खाती र रीमा विशोकर्मा को आकर्षक अभिनय देख्न सकिन्छ। गीतको निर्देशन जेरी भण्डारी र साहायक निर्देशन अमर रावल ले गरेका छन्।
गीत भिडियो निर्माणमा रुद्र शर्मा को विशेष सहयोग रहेको छ।
सांगीतिक यात्राको थालनी गरेकी भीम कुमारी बाठा मगरलाई यो गीतमार्फत दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।
भिडियो यहाँ.......

0 Comments