आर.एन नेपाली नेटवर्क, २१ मंसिर । रोल्पाको रुन्टिगढी गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ ।
शनिबार दिउँसो साढे २ बजेतिर सखी स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
होलेरीबाट सखि तर्फ जादै गरेको लु ३ त ७११६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ट्याक्टर चालक ५२ वर्षिय मोहन बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।
घाईतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा लगिएको थियो । तर उपचारको क्रममा डा. ले मृत घोषणा गरेका थिए । ट्याक्टर सडकबाट १५ मिटर तल खसेको थियो ।

0 Comments