तुलसीपुर–८ बटोलपुरमा एनआरएनद्वारा सामूहिक आलु खेती सुरु -आर्थिक क्रान्तिको अभ्यासमा स्थानीय संलग्नता

दिपन पुन, दाङ


आर.एन नेपाली नेटवर्क, २८असोज । तुलसीपुर उपमहानगरपालिका–८, बटोलपुरस्थित एक बिघा जमिनमा सामूहिक आलु खेती सुरु गरिएको छ।

नेशनल रिपब्लिक नेपाल (NRN) तुलसीपुर उपमहानगरपालिका कमिटीको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममार्फत सो खेतीको सुरुवात गरिएको हो।

कमिटीका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि NRN का केन्द्रीय सदस्य प्रितम चौधरी रहनुभएको थियो।


डा. गोपाल गुरुङको दर्शनअनुसार अघि सारिएको पाँच क्रान्तिमध्ये आर्थिक र राजनीतिक क्रान्तिलाई व्यवहारमा उतार्ने उद्देश्यसहित यो पहल गरिएको आयोजकहरूले जनाएका छन्।

कार्यक्रम अन्तर्गत, कृषि उत्पादनलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउँदै स्थानीय स्तरमा रोजगारी र सशक्तीकरणको अभ्यास थालिएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश कमिटीका सह–कोषाध्यक्ष प्रकाश चौधरी, सदस्य धरम घर्ती मगर, सचिव निम बहादुर थापा, साथै अन्य कार्यकारी सदस्य तथा सल्लाहकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


स्थानीय समुदायको समेत सहभागिता रहेको यस कार्यक्रमलाई दीर्घकालीन उत्पादनमुखी अभियानका रूपमा विस्तार गर्ने योजना रहेको आयोजकको भनाइ छ।

Post a Comment

0 Comments