रमिला बुढा मगर र खेम सेन्चुरीको "जाम हिन मेरो घर" गीत सार्वजनिक भिडियोसहित

दिपक पुन, आर.एन नेटवर्क, माघ १६ रोल्पा । लोक तथा दोहोरी गायिका रमिला बुढा मगर र भ्वाइस अफ नेपाल सिजन ६ का जज खेम सेन्चुरीको आवाजमा रहेको नयाँ गीत "जाम हिन मेरो घर लान्छौ र तिम्रो घर" सार्वजनिक भएको छ। रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका-३, बाहिरिगाउँमा जन्मिएकी रमिला बुढा मगरका पिता खोटु बुढा मगर र आमा केश्माला बुढा मगर हुनुहुन्छ। पाँच वर्षदेखि औपचारिक रूपमा सांगीतिक यात्रामा लागेकी रमिलाका यसअघि "जीवन रैछ घाम पानी र छाया", "झ्याल ऐना छ", "गुराँससँग फुल्न सकेन", "भाग्य रेखा चिना फेरियो" जस्ता चर्चित गीतहरू बजारमा आइसकेका छन्।

गीतका शब्द नेत्र अर्यालले लेखेका छन् भने संगीत तथा लय खेम सेन्चुरीले तयार पारेका छन्। अडियो एरेन्ज तथा सम्पादन श्यामस्वयत रसाइलीले गरेका छन् भने रेकर्डिङ गोविन्द अनेकले प्रीज्मा रेकर्डिङ स्टुडियोमा गरेका हुन्। गीतको म्युजिक भिडियोको कथा लेखन बिनोद भण्डारीले गरेका छन् भने कोरियोग्राफी प्रशान्त मगरको रहेको छ। सिनेमाटोग्राफर नवराज उप्रेती रहेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन्। भिडियोमा बिनोद भण्डारी र आरुसी मगरले मोडलिङ गरेका छन्।

रमिला बुढा मगरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोलाई हालसम्म ५ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। हाल काठमाडौंमा बस्दै आएकी रमिला बुढा मगरले व्यक्तिगत गीतहरू मात्र नभई ग्रुप भोकल, लाइभ दोहोरी तथा थुप्रै सांगीतिक कार्यक्रमहरूमा समेत सहभागी हुँदै आएकी छिन्।

भिडियो यहाँ.....



Post a Comment

0 Comments