आर.एन नेटवर्क, माघ १६ रोल्पा । अखिल क्रान्तिकारीको मतपत्रमा प्रयोग भएको मसी विवाद नसुल्झिदा रोकिएको मत गणना अझै सुरु भएको छैन् । मतपत्रमा रातो मसि भएको सेइनपेन प्रयोग गर्न भनेको थियो तर पछि कालो मसी प्रयोग भएको पाइएपछि विवाद भएको हो ।
तीन जना अध्यक्षका उम्मेदवारले मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गर्नुपर्न माग राखेका छन् । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उम्मेदवार हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले सो माग राखेका हुन् ।
अखिल क्रान्तिकारीको शनिवार ८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । तीमध्ये ७ वटा मतदान केन्द्रमा मतगणना भैसकेको छ, भने वाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे विवाद भएपछि मतगणना स्थगित भएको छ ।
Social Plugin