बिरेन्द्र घर्ती,रोल्पा
राजेश नेपाली नेटवर्क, ७ पौष । रोल्पाको होलेरीमा रहेको एक होटलमा सुतिरहेका ३ जना साथी माथि वलिले आक्रमण गरि ३ तीन जनालाई निर्घात कुटपिट गरि गम्भीर घाइते बनाएका छन । होटलको एक कोठामा साझ सगैँ सुतेका ४ जना मध्य रुन्टीगढी गाउँपालीका वडा नम्बर ७ का भिम बहादुर थापा,सोहि ठाउँका सत्य भनिने सरोज पुन र सानोभेरी गाउँपालीका वडा नम्बर ४ खालचौर रुकुम पुर्व निवासी मइत वहादुर वि.क घाइते हुनुभएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी प्रमुख जिवराज थापाले जानकारी दिनुभएको छ ।
घटना भएको सुचना पाए लगतै विहान ३ वजे पुगेको इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरुलाई बेडमै रक्ताम्य अवस्थामा फेला पारेको थियो । घाइतेहरुलाई प्रहरीले विहानै दाङ्गको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएपनि तेहा सम्भव नभएपछि ३ जनालाई छुटाछुटै स्थानमा रिफर गरीएको छ,३ जनाकै टाउको लगाएत विभिन्न भागमा गम्भीर चोट लागेको र अहिले सरोज पुनको उपचार भैरहवामा भैरहेको छ भने भिम बहादुर थापाको उपचार कोहलपुर र मइत बहादुर बि।क।को उपचार नेपालगञ्जमा भैरहेको बताइएको छ , ३ जनाकै अवस्था निकै गम्भीर छ । सगैँ सुतेका मध्य फरार रहेका रुन्टिगढी गाउपालिका वडा ९ सखि निवासी टेक बहादुर वली लाई भने ईलाका प्रहरी कार्यालय होलेरी ले आज दिउसो रुन्टिगढी गाउपालिका वडा नम्बर ५ को जङ्गल बाट पक्राउ गर्न सफल भएको तर घटनामा के कति सलग्न थिए भन्नेवारे अनुसन्धान भैरहेको इनिस्पेक्टर जीव राज थापा क्षेत्री ले जानकारी दिनुभएको छ
0 Comments