आर. एन नेपाली नेटवर्क, २२ मंसिर,रोल्पा । रोल्पाका एक पुरुष प्युठान अस्पतालमा मृत अवस्थामा फेला परेका छन् । शुक्रबार राति ११ः५० बजेको समयमा अस्पतालको शौचालयमा मृत फेला परेका हुन् ।
फेला पर्नेमा लुङ्ग्री गाउँपालिका–३ का वर्ष ४० तेज बहादुर घर्ती रहेको आफ्न्तले बताएका छन् । मृतक घर्ती मंसिर १६ गते आफ्नो दिदीको बुहारीलाई डेलिभरी गर्नका लागि भनेर दिदीसँगै अस्पताल गएका थिए ।
डेलिभरी हुन समय लागेपछि उहाँ अस्पतालमा बस्नुभएको भाई डोर बहादुर खड्काले जानकारी दिनुभयो । १९ गते बुहारीको डेलिभरी भएपछि २० गते विहान १० बजे अस्पतालबाट डिस्चार्ज हुने डा. ले भनेका थिए । तर सोहि दिन राति उक्त घटना भएपछि घर्तीको परिवार तनावग्रस्त बनेको थियाे।
मृत्युको कारण खुलेको छैन । मृतकको लासलाई पोष्टमार्टमपछि आज दांहसस्कार गरिएको छ । पोष्टमार्टम रिपोर्ट आँउन केहि दिन लाग्नेभएकाले रिपोर्ट आएपछि मात्र घटना हुनुको कारण पुष्टि हुने पारिवारिक स्रोतले बताएकाे छ । घर्ती नेपाली कांग्रेस लुङ्ग्री गाउँपालिका–३ का वडा सभापति हुनुहुन्थ्यो ।

0 Comments