सागर बाबू पुन र हिरा क्षेत्रीको स्वरमा´अमला काण्ड´ बोलको गीत सार्वजनिक(भिडियोसहित)

आर.एन नेटवर्क, फागुन ०१ रोल्पा  । सागर बाबू पुन र हिरा क्षेत्रीको आवाज मा ”अमला काण्ड” गीत बजारमा आएको छ। सागर बाबू पुन र हिरा क्षेत्रीको स्वर रहेको ”अमला काण्ड” गीत आज भर्खरै मात्र बजारमा आएको हो ।

लोकप्रिय गायक सागर बाबू पुन र हिरा क्षेत्रीको स्वरमा सजिएको अमला काण्ड गीतमा सागर बाबू पुनको लय, शब्द, यम थापा मगरको एरेञ्ज रहेको गीतलाई राजु खड्का रेकर्ड गरेका हुन ।


एच.बि.एन किस्मतले इडिट र मिक्सिङ गरेक‍ा हुन । गीतमा अभियान भरत सिन्जाली, गीता भण्डारी, कोमल रोका, गोरे, देवराज र कमला गुरुङको रहेको छ । भिडियोको निर्माण धिताल फिल्मसको रहेको गीतलाई वन डिबी स्टुडियोमा रेकर्ड गरिएको हो ।

सागर बाबू पुनको कथा निर्देशनमा बनेको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् भने भिडियोको सम्पादन रोशन धितालले गरेका छन् । भिडियो सागर बाबू पुनको अफिसियल युटुयुव मार्फत बजारमा आएको छ ।

भिडियो यहाँ .........



Previous Post Next Post