आर.एन नेटवर्क, फागुन ०६ रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । फागुन १०, ११ गते श्री बराहक्षेत्र मावी किलाचौर र श्री गोकुल मावी सिर्पमा शिविर सञ्चालन गरिने भएको छ ।
क्लब अफ रोटरी, अस्ट्रेलिया र नेपाल हातेमालो संस्थाको आयोजना र सुनछहरी गाउँपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गर्न लागिएको बताइएको छ ।
आँखाको जाँच गरी सेवा लिन सम्पूर्णलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर घर्तिले आग्रह गर्नुभयो। शिविरमा निःशुल्क आँखा जाँच, निःशुल्क चस्मा वितरण, निःशुल्क औषधी वितरण, मतियाविन्दुका अप्रेशन गर्नुपर्ने विरामीहरुलाई प्रेषण र आँखा सम्बन्धी परामर्श र अन्य सेवाहरु प्रदान गरिने घर्तिले जानकारी दिनुभयो।
शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ ।