रोल्पा अस्पताल रेउघामा भर्ना भई उपचार गराई रहेका बिरामी अस्पतालको छतमा मृत फेला परेका छन् । भदौ १७ गते बेलुका ५ बजेदेखि भर्ना भएका रोल्पा नगरपालिका २ सिमलबाङका ५५ वर्षीय इन्द्रबहादुर डाँगी अस्पतालको छतमा मृत भेटिएका हुन ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार राती २ बजेको समयमा बिरामी अस्पतालको बेडबाट बाहिर निस्किएका थिए । अल्कोहलिक लिभर डिजिजको बिरामी रहेका डाँगी अस्पतालको छतमा मध्याह्न १२ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले बताए । बिरामी बुधबार राति २ बजे देखि हराए पनि अस्पतालले भने बिहान मात्र थाहा पाएको बताएको छ ।
रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले भने, बिरामी हराएको बिहान थाहा पाए लगतै स्वास्थ्यकर्मी सहित प्रहरी परिचालन गरिएको थियो । तर हामीले भेटाएका थिएनौँ । मध्याह्न १२ बजे अस्पतालको छडमा मान्छे सुतिरहेको खबर पाएपछि हेर्दा बिरामी डाँगीलाई मृत अवस्थामा फेला पारेको उनले बताए ।
अस्पतालमा भर्ना भएको बिरामी छतमा मृत भेटिए पनि आफूलाई कुनै खबर थाहा नभएको रोल्पा अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले बताए । अस्पताल प्रशासनले अहिलेसम्म पनि मलाई जानकारी दिएको छैन । अध्यक्ष थापाले भने, अस्पतालमा भर्ना भएको बिरामी निस्कँदा वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू समेत वास्ता नगर्नु अस्पतालको गम्भिर लापरबाही हाे ।
बिरामी डाँगी अस्पताल बाहिर निस्केको कुरुवा रहेकी उनकी श्रीमती सुनकुमारी डाँगीले समेत थाहा पाइनन् । तर उनी बाहिर निस्कँदा ड्युटीमा खटिएका स्वाथ्यकर्मीले समेत निगरानी नराख्नु अस्पताल प्रशासनको लापरबाही भएको बिरामीका आफन्तहरूले आरोप लगाएका छन् ।
0 Comments