बैतडीम एक युवाले आफ्नै काकीको बन्चरो प्रहार गरि हत्या

आर.एन नेपाली नेटवर्क, २३ भाद्र । बैतडीमा एक युवकले आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या गरेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं २ को पेडेगोदाका ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी अन्दाजी ३४ वर्षीया बेलमती धामीको बन्चारो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

आइतबार राती करिब ११ बजेको समयमा घरभित्रै गएर यज्ञले बेलमतीको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमाटमको लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । हत्या गर्ने धामीलाई गएरातीनै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हत्या गर्ने यज्ञ सिंह धामी हुलाकका अतिरिक्त कर्मचारी हुन् । कैलालीमा रहेका उनी यही भाद्र १९ गतेमात्रै घर आएका आफन्त जय सिंह धामीले जानकारी दिए । चार दिन पहिले मात्रै घर आएका उनले यसअघि आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तले बताएका छन् ।

हत्याको कारण भने खुल्न सकेको छैन । यज्ञको मानसिक अवस्था ठिक नरहेको आफन्त जय सिंहले बताए । “४ दिन पहिले मात्रै घर आएका थिए, आएकै दिन आफ्नै आमालाई समेत हातपात गरेका हुन्, हिजो त आफ्नै काकीलाई बन्चरोले घाटीमा हिर्काएर घरभित्रै मारिदिए” धामीले भने ।

एकल महिला समेत रहेकी बेलमतीका चार छोरी र एक छोरी छन् । योज्ञेन्द्रका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । श्रीमती वैदेशिक रोजगारीमा रहेकी छन् ।

Post a Comment

0 Comments