राष्ट्रियसभा बैठक भाेलि बस्ने

आर.एन नेटवर्क, चैत १३ रोल्पा  । प्रतिपक्षी दलहरूकाे अवराेधका कारण राष्ट्रियसभाकाे आजकाे बैठक स्थगित भएकाे छ । राष्ट्रियसभाकाे अर्काे बैठक भाेलि बिहीवार दिउँसाे सवा १२ बजे बस्ने भएको छ ।   

प्रमुख प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले भाेलिसम्मका लागि बैठक स्थगित भएको सदनलाई जानकारी दिनुभयो ।

आज दिउँसो सवा १ बजे शुरू भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि भाेलिसम्मका लागि स्थगित भएकाे हाे ।

Previous Post Next Post