आर.एन नेटवर्क, चैत १३ रोल्पा । रोल्पामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिकाको किलाचौरमा शिविर गर्न सन्चालन हुने भएको हो ।
चैत्र १६ गते शनिबारका दिन उक्त शिविर सञ्चालन हुँदैछ । लुङ्ग्री गाउँपालिका, स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल रोल्पा र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. बुटवलको आयोजना तथा सत्प्रयास समूह रोल्पाको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको छ ।
शिविरमा हाडजोर्नी तथा नशा रोग, प्रसूति तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ डा.बाट उपचार तथा परामर्श गरिनुका साथै रेडियोलोजी तर्फका सेवाहरु, जनरल फिजिसियन शल्य चिकित्सा र मुख तथा दाँत सम्बन्धी सेवा प्रदान गरिनेछ ।
रोल्पा अस्पतालबाट शिविरमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रमोद कट्टेल, डेन्टल सर्जन डा. सूर्य प्रताप रैदास र मेडिकल अधिकृत डा. नीरज घर्तीमगरको टोलीले उपचार गर्नेछ ।
यस्तै लुम्बिी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. बुटवलबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा सोमबहादुर आले, ब्रेस्ट अंको सर्जन डा. सन्जय पाण्डे, कन्सलटेन्ट जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डा. विनय के.सी. र कन्सल्टेन्ट फिजिसियन डा. गोकर्ण पन्थीको टोलिले उपचार गर्नेछ ।