आर.एन नेटवर्क, चैत १३ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा परिवर्तन कृषि तथा सांस्कृतिक महोत्सव लाग्ने भएको छ । ‘हाम्रो इमान, हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको हो ।
लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठान रोल्पाको आयोजना तथा परिवर्तन गाउँपालिकाको संरक्षकमा कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले बताएको छ ।
महोत्सवमा खाद्यान्न तथा तरकारी, फलफूल, भेटेरीनरी तथा पशुपन्छी, पुराना सामान, उद्योग, औजार र संस्कृतिका सामग्री राखिने बताइएको छ । महोत्सव चैत्र २२ देखि ३० गतेसम्म पुतलाचौरमा सञ्चालन गरिनेछ ।