आर.एन नेटवर्क, चैत २१ रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकाले आजदेखि लोकसेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले ४० दिने लोकसेवा तथा शिक्षक सेवा आयोग अभिमुखिकरण कक्षा सञ्चालन गर्ने भएको हो ।
आयोगको कक्षा आज देखि लुङ्ग्री गाउँपालिकामा सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ ।