काठमाडौं । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।
संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो ।
आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताउनुभयो । यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताउनुभएको थियो ।