असोज २४,रोल्पा । टाइम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एचडी’को कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त हुनुभएको छ ।
अभिनेत्री गौतमले सोमबारदेखि निर्देशकको पदभार ग्रहण गरेको टेलिभिजन प्रसाशनले जनाएको छ । टिभीका महाप्रवन्धक गणेश थापाले नवनियुक्त निर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
पदभार ग्रहण गर्दै एलिजा फाउण्डेशनकी अध्यक्ष समेत रहेकी गौतमले आगामी दिनमा अझै उत्कृष्ट टेलिभिजन बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाली नेटवर्क