त्रिवेणी गाउँपालिका गाउँसभा हुनु भन्दा अगाडी तालाबन्दी

आर.एन नेपाली नेटवर्क, १० असार । रोल्पाको त्रिवेणी गाउँपालिकाको गाउँ सभाबाट आज लिन लागेको बजेटमा असमान वितरणमा भएकाले सभा हुन अगाडी नै तालाबन्दी भएको छ ।

हिजो नै तयारी भएको बजेटमा माओवादी बाट निर्वाचित ४ जना वडा अध्यक्ष हरुले असहमति जनाएका थिए । त्यस असहमति जनाएको कारण आज बिहान पालिका अध्यक्ष कर्ण बाठासँग छ्लफल गरेपनि तयार भएको बजेट सिलिङमा कुनै परिवर्तन नहुने बताए पछि ताल्चा लगायएको एक वडा अध्यक्षले बताएका छन् ।

संघीय सरकारले प्रस्तुति गरेको आर्थिक वर्ष २०८२/०८३ बजेट प्रति सत्तारूढ दलकै संसदहरुले बबन्डर गरिरहेका छन् । त्यस्तै गरि लुम्बिनी प्रदेश सरकारले लिएको आर्थिक वर्ष २०८२/०८३ बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा गरिसकेको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक बजेट सदनमा पेश गरेपछि बजेटको न्यूनतम मापदण्ड पनि पालना नगरी बजेट लिएको भन्दै सरकारले नयाँ बजेट किताव लिनु पर्ने यदी त्यसो नभएमा सरकारबाट राजनीतिमा माओवादी संसदीय दलका नेता जोख बहादुर महराले दिनुपर्ने बताउनुभएको छ ।


यस्तै सत्तापक्षकै एमालेका सासद विष्ण् पन्थी, दुर्गाबहादुर थारु लगायतले सामाजिक सञ्जालमै लेखि सक्नुभएको छ । नेपाली कांगेस भित्र पनि ठूलो खैलाबैला मच्चिएको छ । नेपाली कंग्रेसका प्रदेश सभापति अमरसिंहले सरकारको बजेटको बारेमा विज्ञप्ती नै जारी गरेर बिरोध गरिसकेका छन् ।

संघीय सरकार , प्रदेश सरकारको बजेट विवादका कारण बढीरहेको बेला स्थानीय सरकारको विवाद चुलिएको छ ।  रोल्पाको त्रिवेणीमा एमालेबाट अध्यक्ष कर्ण बाठा र उपाध्यक्षमा कांग्रेसका लेखमनी डाँगी छन् ।

Previous Post Next Post