नौबहिनीको बजेट ६९ करोड ७८ लाख ५१ हजार, विदेशबाट फर्केका युवालाई कृषि उद्यम विकास कार्यक्रम

तेजेन्द्र बिएम

आर.एन नेपाली नेटवर्क, १० असार । प्युठानको नौबहिनी गाउँपालिकाले ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकको गाउँसभा तथा १८ औं अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजरीकरणका साथै विदेशबाट फर्केका युवाहरूका लागी कृषि उद्यम विकास कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले सङ्घीय सरकारबाट अनुमानित प्राप्त रकम राजस्व बाँडफाँड तर्फ ११ करोड ५३ लाख, वित्तीय समानीकरण अनुदान तर्फ रु. १० करोड ८१ लाख र शशर्त अनुदान तर्फ २४ करोड ८४ लाख, विशेष अनुदान तर्फ १ करोड २७ लाख र समपुरक अनुदान तर्फ १ करोड ८७ लाख बजेट प्रस्तुत गरेको छ ।

यस्तै, लुम्बिनी प्रदेश सरकारबाट समानिकरण अनुदान ७१ लाख ९ हजार, राजश्व बाँडफाँड तथा सवारी साधन कर समेत १ करोड १ लाख ९३ हजार, सशर्त अनुदान विभिन्न कार्यक्रम तर्फ ७९ लाख ४९ हजार र समपुरक अनुदान तर्फ रु. ७५ लाख बजेट गाउँसभामा सार्वजनिक गरेको हो ।


यस्तै गाउँपालिकाको वा. व. २०८१/०८२ मा अल्या हुने अनुमानित रु. १ करोड ५० लाख र आन्तरिक आय अनुमानित १ करोड २० लाख बजेट समेत सार्वजनिक गरेको छ भने सामाजिक सुरक्षा भत्ता तर्फ १३ करोड ५० लाख बजेट सार्वजनिक गरेको छ ।


गाउँपालिकाले अनिवार्य दायित्व सिर्जना भएको समपुरक अनुदानबाट खर्छ हुने गरि पुर्वाधार तर्फ ११ करोड ४६ लाख, आर्थिक विकास अन्तर्गत पशु विकास तर्फ २८ लाख, कृषि विकास तर्फ ३१ लाख ५० हजार, स्वास्थ्य तर्फ ६६ लाख ४५ हजार ६ सय, शिक्षा युवा तथा खेलकुद तर्फ ४ करोड १७ लाख ३३ हजार, सामाजिक विकास तर्फ ३० लाख ७ हजार बजेट सार्वजनिक गरेको छ ।


गाउँपालिकाले पोषण कार्यक्रम अन्तर्गत ५ लाख र लघु उद्यम तर्फ १० लाख तथा आयुर्वेद तर्फ पञ्चकर्म सम्बन्धि औषधि खरिद, स्वास्थ्य शिविर तथा अन्य सूचीकरण कार्यक्रम सञ्चालन र व्यवस्थापनमा लागि १२ लाख बजेट बिनियोजन गरेको छ । यस्तै गाउँपालिकाले चालु खर्चतर्फ ८ करोड बजेट बिनियोजन गरेको छ ।


यस आर्थिक वर्षमा पशु विकास अन्तर्गत गाउँपालिकाले पशु स्वास्थ्य शिविर, किसानका उत्पादन गाउँ सरकारको अनुदान, सुत्केरी स्याहार कार्यक्रम, कृतिम गर्भाधाधान, उन्नत नश्लका लागि ५० प्रतिशत अनुदानमा गाइ खरिद तथा वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


कृषि विकास अन्तर्गत गाउँपालिकाले रैथाने बाली प्रबर्द्धन कार्यक्रम, फलफुल खेती सम्भाव्यता अध्ययन तथा विस्तार, किसानका मागमा आधारित कार्यक्रम, तरकारी मिनिकिट, धुवानी अनुदान कार्यक्रम, नर्सरी निर्माण तथा व्यवस्थापन, किसान सम्मान कार्यक्रम, विदेशबाट फर्केका युवा कृषि उद्यम विकास कार्यक्रमका लागि समेत बजेट बिनियोजन गरेको छ ।


मोबाइल स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिकहरुका लागि आँखा स्कृनिङ्ग तथा मोति बिन्दुको नि:शुल्क शल्यक्रिया, किशोर किशोरी कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा, पाथेघर खस्ने समस्या शिविर, दन्तरोग शिविर, विद्यालयमा रहेका किशोरीहरुमा रक्त परिक्षण लगायतका कार्यक्रमहरु गर्ने गरि बजेट वक्तव्य प्रस्तुत गरेको छ ।

शिक्षा तथा युवा खेलकुद तर्फ शिक्षक दरबन्दी मिलान, गाउँ सरकारसङ्ग अभिभावक, शिक्षक र विद्यार्थी सङ्ग शैक्षिक सुधार कार्यक्रम, कक्षा ५, ८ र १० का लागि उत्कृष्ट विद्यार्थी र विषयगयत शिक्षकहरुलाई पुरस्कार, सिकाई उपलब्धि बनाउनका लागि ४ देखि १० कक्षा सम्म मासिक परिक्षा गराउनका लागि विद्यालयलाई अनुदान लगायतका कार्यक्रमहरु गाउँपालिकाले गर्ने भएको छ ।

यस्तै गाउँपालिकाले गाउँ सरकारसङ्ग किसान लक्षित कार्यक्रम तथा लघु उद्यम र पोषण तर्फ समेत उद्यमी बनाई आत्मनिर्भर बन्नका लागि अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।  

गाउँपालिकाले मगर भाषाको पाठ्यक्रम निर्माण गरि पठनपाठनको व्यवस्था मिलाउनुका साथै अन्य भाषाको प्रबर्द्धन गर्ने नीति लिएको छ ।


स्थानीय सञ्चार माध्यमहरुको प्रबर्द्धन एवं सञ्चारकर्मीहरुको सामाजिक उत्तरदायित्व वहन गर्न विभिन्न चेतनामूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने नीति गाउँ सभामा प्रस्तुत गरेको छ ।


गाउँपालिकाले बालबालिका, किशोर/किशोरी, महिला ज्येष्ठ नागरिक, अपाङ्ग, लगायतका विविध कार्यक्रम गर्ने गरि आगामी २०८२/०८३”को बजेट सार्वजनिक गरेको छ ।


Previous Post Next Post