पेट्रोलमा र डिजेलको मुल्य घट्यो

आर.एन नेटवर्क, भदौ ३० रोल्पा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोज गर्दा मुल्य घटेको निगमले जनाएको छ ।

प्रतिलिटर घटेको मुल्य पेट्रोलमा ४ रुपैयाँ र डिजेल, मट्टितेलमा ५ रुपैयाँले घटाइएको हो । जसअनुसार नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रोमा १ सय ५८ र तेस्रोमा १ सय ५९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १ सय ४६ रुपैयाँ ५० पैसा, दोस्रोमा १ सय ४८ र तेस्रोमा १ सय ४९ रुपैयाँ भएको कायम भएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् भने दोस्रोमा सुर्खेत र दाङ पर्दछन् । त्यस्तै, तेस्रो काठमाडौं, पोखरा र दिपायल पर्दछन् । घटेको मूल्य आजै रातिदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ।



Previous Post Next Post