टेकमान बिष्ट
आर.एन नेटवर्क, भदौ ३१ रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका ६ फगामरोल्पामा निःशुल्क आँखा जाँच शिविर शनिबार सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ आखा स्वास्थ्य कार्यक्रम राप्ति लमही आखा अस्पताल र सुलिचौर आखा उपचार केन्द्र सुलिचौरको सहयोगमा फगाममा आइतबार शिविर सम्पन्न भएको हो ।
शिविरमा ६० जना महिला र ७९ जना पुरुष गरी १२९ जनाले आँखा जाँच गराएका थिए त्यसमध्ये २१ जना पुरुष र १२ जना महिला गरी ३३ जनाको अप्रेशन गर्नु पर्ने देखिएको छ मोटिया बिन्दु समस्या भएका बिरामीहरुलाई आगामी असोज ३ र ४ गते सुलिचौरमा हुने निःशुल्क शिविरमा शल्यक्रिया गरिने समेत बताइएको छ ।
आँखा शिविर कार्यक्रममा सुलिचौर आखा केन्द्रका नेत्र सहायक केशर डाँगी र प्रविण डाँगी फगाम स्वास्थ्य चौकीका इन्चार्ज,कुलराज पुन मगर,स्टाफ नर्सिङ्ग कुसुमा पुन
,दिपशिखा पुन मगर लगायतको सहभागितामा आँखा शिविर कार्यक्रम सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ।