मेहलधारा माबि जैमाको अभिभावक भेला सम्पन्न

टेकमान बिष्ट 

आर.एन नेटवर्क, भदौ २९ रोल्पा । मेहलधारा माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ५ जैमाको अभिभावक भेला सम्पन्न भएको छ । सुनछहरी गाउँपालिका ५ का वाडा सदस्य मनिराम रोका क्षेत्रीको प्रमुख आतथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर वि. क ,अतिथिहरु झने घर्ती,रेग बहादुर पुन,शोभ बहादुर पुन, दल बहादुर पुन ,पुर्ण बहादुर घर्ती ,तिकलाल पुन,सागर वि.क ,सिज कुमार घर्ती लगायतकाे आतिथ्यता रहेकाे विद्यालयले जनाएको छ । विद्यालयले दुईजना शिक्षक र एकजना शिक्षिका गरी तिन जना निजी शिक्षक शिक्षिकालाई विदाई तथा दुई जना शिक्षक लाई स्वागत सँगै सामाजिक परिचालन समिति समेत गठन गरेको विद्यालयका शिक्षक मतिराम रोका क्षेत्रीले बताउनुभएको छ। 

कार्यक्रममा बोल्दै शिक्षक मतीराम रोका क्षेत्रीले ''अहिले समय फेरिएको छ, बढ्दो विज्ञान र प्रविधिका कारणले विद्यार्थीहरू पनि अपडेट छन् । जसकारण अब विद्यार्थीहरूलाई मुर्ख बनाउन वा गलत पढाउन सकिने अवस्था छैन । पहिले विद्यार्थी हरु शिक्षकले जे भने पनि हो मा हो मिलाउथे भने अहिले प्रश्न गर्न सक्छन्  प्रतिकार गर्न सक्छन्" उहाँले भन्नुभयो ।

विद्यालयका शिक्षक विनोद बहादुर बुढाथोकी को स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक बालाराम पुन मगरले गर्नु भएको थियो ।



Previous Post Next Post