राजेश नेपाली नेटवर्क,११ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउनु भएको छ ।
माओवादी केन्द्रको प्रदेशस्तरको प्रशिक्षण कार्यक्रमपछि आज बुटवलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
तर, स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल भनेजस्तो नभएको उहाँको भनाइ थियो। स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनले राम्रो गर्ने प्रचण्डले बताउनुभयो ।