देशभर १७३ जना कोरोना संक्रमित थपिए, ३९६ निको

राजेश नेपाली नेटवर्क, भाद्र । देशभर पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
 
६४३ पीसीआर परीक्षणमा ६५ जना र २ हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३ हजार ६१२ जना रहेको छ ।
 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ, सुनसरी र गोरखामा ३/३, सिन्धुपाल्चोक, धादिङ, अछाम र कञ्चनपुरमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Previous Post Next Post