Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते

रोल्पा, ३० भाद्र । सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् ।

घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की ३ वर्षीया बालिका मनिषा विक रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

आज मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।