प्यूठानमा एसईइमा ४८.८५ प्रतिशत उत्तीर्ण

आर.एन नेपाली नेटवर्क, १४ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा प्यूठानबाट ४८.८५ प्रतिशत परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जिल्लाको पुरा नतिजा निकाल्ने क्रममा रहेको बताउनुभयो ।

शुक्रबार राती ११ बजे परीक्षा बोर्डले नतिजा पठाएको बताउँदै उहाँले आज बेलुकासम्म जिल्लाको विद्यालयगत विवरण सहित नतिजा विश्लेषण गरिने जानकारी दिनुभयो ।

Previous Post Next Post