आर.एन नेपाली नेटवर्क, २५ कार्तिक । दाङको घोराहीस्थित बेसमेन्ट क्याफेमा आज ‘मै झिल्के ड्राइभर’ बोलको नयाँ म्युजिक भिडियो मंगलबार केक काटेर औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
जयलाल डाँगीको प्रस्तुतिमा बनेको यस गीतमा जयलाल डाँगी र मनिषा लामिछानेको स्वर रहेको छ। गीतका शब्द र लय पनि डाँगीकै रहेका छन् भने भिडियो निर्देशन वेरन्द्र ओलीले गरेका हुन्।
भिडियोमा राजु सुनार, आशा परियार, जयलाल डाँगी, विमला थापा मगर, वर्षा मगर, विनोद विश्वकर्मा ‘जलपरी’, भूमिका मगर, नविना बुढा, अनिता सेन, खुशी खड्का र पवनकुमार घर्तीमगरको अभिनय देख्न सकिन्छ।
भिडियोको छायांकन रोजन रोक्का, सम्पादन दीपक बिष्ट, र कोरियोग्राफी विमला थापा मगरले गरेका छन्। गीतको एरेन्ज/रेकर्डिङ/मिक्सिङ आर्यन सुनारले गरेका हुन्।
सार्वजनिक कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता जयलाल डाँगीले गीतले स्थानीय परिवेश र ड्राइभरहरूको संघर्षलाई रमाइलो ढङ्गमा प्रस्तुत गरेको बताए।कार्यक्रममा नेपाल पत्रका महासङ्घका केन्द्रिय पुर्व उपाध्यक्ष उदय जि एम,खोजरफ्तार अनलाइनका सन्चालक हेमराज परिवर्तन,रेडियो भरोसाका स्टेशन म्यानेजर साथै गायक दिपक पुन,युगबोध राष्ट्रिय समाचारका गोबिन्द खडका, साहित्यकार तथा पोस्टर डिजाइनर खेमराज गाउले,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान का केन्द्रिय सदस्य प्रेम शर्मा लगाएत अन्य ब्यक्तित्वहरुको उपस्थित रहेको थियो उपस्थित कलाकार, सञ्चारकर्मी र दर्शकहरूले गीत र भिडियोको सराहना गरेका थिए।उक्त भिडियो जयलाल डागी युटुबबाट सार्बजनिक गरिएको हो।
भिडियो यहाँ.......

0 Comments