आर.एन नेपाली नेटवर्क, २९ कार्तिक । नेशनल रिपब्लिक नेपाल (एन आर एन) को सांस्कृतिक अभियान अन्तर्गत आयोजना गरिएको वलिहाङ पर्व–२०८२ समापन कार्यक्रम घोराही–१३, बडहरा लाहुरे डाँडामा शनिबार एक कार्यक्रमको बिच भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम एन आर एन घोराही उपमहानगरपालिका कमिटी, दाङ को आयोजनामा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथिमा एन आर एन केन्द्रिय प्रेसिडेन्ट थमन बुढा मगर रहनु भएको थियो।त्यस्तै विशिष्ट अतिथिको रूपमा केन्द्रिय सदस्य दिपक थापा को उपस्थिति थियो।
त्यसैगरी अन्य अतिथिहरूमा हरि बहादुर पुन,पृतम चौधरी,सांस्कृतिक संयोजक मन बहादुर पुन,जया घर्ती,जितन पुन,तारासिह थापा,एन आर एन लुम्बिनी प्रदेश कमिटी संयोजक लक्ष्मण गाहा मगर, सचिव स्याम राणा,मलेसिया प्रवास कमिटीका आर.के. पुन तुल्सिपुर उपमहानगर कमिटिका अध्यक्ष सुरेस गुरुङ संयुक्त उत्पीडित मोर्चाका केन्द्रिय सदस्य बिमला रसाइली,घोराही नारी नगर कमिटिका अध्यक्ष पवित्रा कवर,मुलवासी शुभचिन्तक बाका (बाके) का रामरतन चौधरी,बंग्लाचुलीकी स्वयंसेविका छबिकला घर्ती मगर,एन आर एन तुल्सिपुर नारी कमिटीकी अध्यक्ष दिलकुमारी गुरुङ एन आर एन लुम्बिनी प्रान्तीय कमिटी सह–कोषाध्यक्ष प्रकाश चौधरी,सामुदायिक रेडियो भरोसाका स्टेशन म्यानेजर तथा गायक दिपक पुन लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रम एन आर एन घोराही नगर कमिटीका अध्यक्ष भक्त बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको हो।
समापन समारोहमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए। प्रमुख अतिथि थमन बुढा मगरले गोपाल गुरुङद्वारा प्रतिपादित मङ्गोल्बाद दर्शन तथा सिद्धान्तबारे प्रष्ट पार्दै मुलवासी समुदायको पहिचान, अधिकार र प्रतिनिधित्वका विषयमा जोड दिनुभएको थियो।
उहाले संविधानमा मुलवासी समुदायलाई आदिबासी जनजाति नाम दिएको“गलत नाम” दिइएको उल्लेख गर्दै मुलवासी समुदाय एकजुट हुन सकेमा मात्र भ्रष्टाचार, कुरीति र विसंगतिलाई अन्त्य गर्न सकिने धारणा राखे। उहाले आफूहरू कुनै जाती–विरुद्ध नरहेको तर आफूहरूमाथि जातिवादको आरोप लगाइँदै आएको साथै सम्बिधानले समेत आफुहरुलाई विभेद गरेको बताउनु भएको थियो।
कार्यक्रममा विभिन्न कलाकारहरूलाई प्रमुख अतिथिको हातबाट सम्मान समेत प्रदान गरिएको थियो।


0 Comments