आर.एन नेपाली नेटवर्क, ०२ मंसिर । रोल्पामा फोर्स गाडी दुर्घटना भएको छ । आज विहान १० बजेर २० मिनेटमा जिल्लाको सुनिलस्मृति गाउँपालिका–४ धुलेओडार भन्ने ठाउँमा उक्त गाडी दुर्घटना भएको हो ।
प्र १०७–००१ ज ००१२ नम्बरको गाडी सिर्पबाट सुलिचौर आउने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गाडीमा १६ जना सवार रहेको बताइएको छ । तीमध्ये ४ जनाको अवस्था मध्यम र बाँकी सामान्य घाइतेभएको प्रहरीले जनाएको छ ।
४ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचारपछि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख वीर विरेन्द्र विश्वकर्माले जानकारी दिनुभएको छ ।

0 Comments