राजेश नेपाली नेटवर्क, कार्तिक १३। रोल्पाको सुनिलस्मृति गाउँपालिका-४, सुलिचाैरबाट किलाचाैर जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडार भन्ने स्थानमा दुर्घटना भएको छ ।
राति करिब १० बजेतिर जिप सडकबाट करिब तीनसय मिटर तल खोलामा खस्दा चालक सुनछहरी गाउँपालिका-६, बस्ने वर्ष ३२ को थम्मन रोकामगरको मृत्युु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते हुनेहरूमा लुङ्ग्री-७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री-४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय सुलिचाैरका प्रहरी निरीक्षक अनिल कुमार चाैधरीका अनुसार घाइतेहरूलाई शरीरमा चोटपटक लागेको र अवस्था मध्यम रहेको जानकारी दिए ।
सुलिचाैरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । जिप सडकबाट सिधै खोलामा खसेको थियो ।

0 Comments