आर.एन नेपाली नेटवर्क, ११ असार । रोल्पाको लुङ्ग्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट पारित गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनको दोस्रो वैठकमा गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी गुरुङले गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल ४८ करोड ९६ लाख ६६ हजार बराबरको अनुमानित बजेट ल्याएको होे । जसमा चालु तर्फ ३४ करोड ८२ लाख ७० हजार र पूँजीगत तर्फ १४ करोड १४ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले आर्थिक विकासका लागि १ करोड ३४ लाख, सामाजिक विकासका लागि २९ करोड ९३ लाख ७३ हजार, पूर्वाधार विकासका लागि ५ करोड १४ लाख ४५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ करोड ३२ लाख ५० हजार र कार्यलय सञ्चालन तथा प्रशासनीक खर्चको लागि करिब ११ करोड २२ लाख विनियोजन गरेको जनाएको छ ।त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७० लाख, विशेष अनुदान २० लाख, समपुरक अनुदान ७५ लाख, प्रदेश राजस्व वाँडफाँड बापत प्राप्त हुने ८८ लाख ८३ हजार, आन्तरिक राजस्व अनुमान ५९ लाख ४६ हजार र बैंक मौज्दात ८० लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन विकास लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोज गरेको छ ।
0 Comments