Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

तीन दिन पश्चिमी क्षेत्रका नदीमा बहाव बढ्न सक्ने : १६ जिल्ला उच्च जोखिममा

रोल्पा, ३१ भाद्र । अबको तीन दिनसम्म पश्चिमी क्षेत्रका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन भनेको छ ।

महाशाखाका अनुसार अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यानलगायत १६ जिल्ला उच्च जोखिममा छन् । महाशाखाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि अनुरोध गरेको छ ।

देशको पश्चिमी भू–भागका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो । ती नदीमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।