आर.एन नेटवर्क, फागुन ०८ रोल्पा । रोल्पा जिल्लामा विद्युत आपूर्ति हुने भएको छ ।रोल्पाको ७ पालिकामा भोलि र पर्सि विद्युत आपूर्ति बन्द हुने भएको छ ।
प्युठान जिल्लाको झिमरुक पावर हाउस देखि नयाँगाउँ हुदै रोल्पा सम्मको ३३ के.भी. प्रसारण लाइन शुक्रबार र शनिवार बन्द हुने भएको हो ।
शुक्रबार धरम्पा, धापखोला, चौरपानि, उदयपुरकोटमा विद्युत आपुर्ति बन्द हुने भएको छ भने सनिवार पावर हाउस देखी नयाँगाउँ, लामाचौर, भिङ्ग्री हुदै रोल्पा सम्मको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा वन्द हुने भएको छ ।
उक्त दिन सुनिलस्मृति, लुङ्ग्री, सुनछहरी, रोल्पा नगरपालिका, माडी, परिवर्तन, थबाङ र त्रिबेणी गाउँपालिकाको तुक्ला क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।
विहान ७ बजे देखी बेलुकी ६ बजे सम्म विद्युत आपूर्ति हुने झिम्रुक जलविद्युत केन्द्र दारिमचौर प्युठानले जानकारी दिएको छ ।