साफ च्याम्पियनशिप 'ड्र' : नेपाल र भारत एउटै समूहमा

काठमाण्डाै । दक्षिण एसियाली फुटबल महासङ्घले आयाेजना गर्ने साफ च्याम्पियनशिपकाे समूह चरणकाे 'ड्र' सार्वजनिक भएकाे छ ।

बुधवार सार्वजनिक भएकाे 'ड्र' अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् । समूह 'ए' मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।


साफ च्याम्पियनशिप आउँदाे असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।

फुटबलकाे सर्वाेच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेकाे छैन । याे संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टाेलीकाे रूपमा खेल्ने छन् ।

Previous Post Next Post