सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ९ जान घाइते

आर.एन नेपाली नेटवर्क, ११ जेष्ठ । सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका ९ जनामध्ये ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सुर्य रानाका अनुसार सल्यान कपुरकोट गाँउपालिका–५ का ६२ वर्षका भिमा बुढा, सोही ठाँउका ६७ वर्षका मञ्जिता बोहोरा, १५ वर्षका सपना बुढाथोकी, ३८ वर्षको विजय बुढाथोकी, कपुरकोट गाँउपालिका–४ का ४६ वर्षका सिता बुढा, कपुरकोट गाँउपालिका–६ का गारेलाल बोहोरा घाइते भएका छन् ।

घाइते ६ जनाको राप्ती प्रादेशिक अस्तपाल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यस्तै कपुरकोट गाँउपालिका ५ का ४५ वर्षका चन्द्रकला महतारा, १८ वर्षका पुष्पा महतारा र ८ वर्षका रोशनी महतारालाई उपचारको लागि नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।

सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज १६३७ नम्बरको जिप आज दिउँसो करिब १ बजेतिर कपुरकोट गाँउपालिका–३ लामिडाँडामा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भई सडकबाट करिब ४ मिटर तल खसेको प्रहरीको जनाएको छ ।

गाडी चालक कपुरकोट गाँउपालिका–५ रिमका ३७ वर्षका ज्ञान बहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा १२ जना सवार रहेका थिए ।

Previous Post Next Post