सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

राजेश नेपाली, नेटवर्क, २० भाद्र । प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज सोमबार बस्दै छ।

बैठक दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । आइतबार हिजो अपराह्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेपछि सिट बाँडफाँडको खाका बनाउने जिम्मा पुनः कार्यदललाई नै दिइएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी काम गर्न कार्यदललाई निर्देशन दिएको छ।

बैठकपछि मन्त्री कार्कीले निरन्तर बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेश गर्ने बताउनुभयो । यसअघि सिट बाँडफाँडको खाका तयार पार्न नसकेपछि कार्यदलले यो जिम्मेवारी शीर्षनेतालाई नै सुम्पेको थियो।

Previous Post Next Post