राेल्पा । आईसीसी टी–२० विश्व कप क्रिकेटमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई हराएकाे छ । ब्रिसबेनमा आज मङ्गलवार भएकाे खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायाे ।
इङ्ग्ल्यान्डले दिएकाे एक सय ८० रनकाे लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५९ रनमात्रै बनाउन सक्याे । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका क्रिस वाेक्स र साम कुरनले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७९ रन बनायाे । उसका लागि जाेस बटलरले ७३ र एलेक्स हेल्सले ५२ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका लकी फर्गुसनले दुई विकेट लिए ।
याे जितसँगै इङ्ग्ल्यान्ड चार खेलमा पाँच अङ्कसहित समूह '१' काे तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । न्युजिल्यान्डकाे पनि उति नै अङ्क भए पनि नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।