मदिरा सेवन गरि ट्रकमुनि सुतेका रोल्पामा एक जनालाई ट्रकले किचेर मृत्यु

आर.एन नेपाली नेटवर्क, १२ असार । रोल्पामा ट्रकले किच्दा एक जनाकाे मृत्यु भएको छ। बिहीबार बिहान ११ बजेतिर त्रिवेणी गाउँपालिका -४ निगालपानी बजारमा दाङबाट रोल्पाको लिङ्दुङ तर्फ तरकारी लिन आउदै गरेको रा १ ख ३२२२ नम्बरको ट्रकले किच्दा त्रिवेणी गाउँपालिका ३ छाप बस्ने ३२ वर्षिय गोपीलाल वलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

राेकि राखेको उक्त ट्रकको टायरमुनी बसेको अबस्थामा चालकले नदेखी चलाउने क्रममा एक्कासी ऐनामा देखी गाडी रोकी हेर्दा उनको बाया खुट्टामा चोट लागी घाइते भई उपचारको लागी सोही ट्रकमा राखी स्वास्थ्य चौकी नेर्पामा लिदा बायाँ खुट्टा र कम्मरको हड्डि फ्याक्चर भइ थप उपचारको लागी राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा लिइ उपचार गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंले बताए।

ट्रक चालक लुङग्री गाउँपालिका ३ का २७ वर्षिय मिलन घर्तीलाई ट्रक सहित इलाका प्रहरी कार्यालय हाेलेरीकाे नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चापागाईंले बताए।

Previous Post Next Post