आर.एन नेपाली नेटवर्क, १२ असार । गजलकार शंकर घर्तीमगरको ‘उज्यालोभित्रको अँध्यारो’ गजलसंग्रह लोकार्पण हुँदैछ । युग दर्पण साहित्यिक समाज घर्तिगाउँ रोल्पाको आयोजनामा लोकार्पण कार्यक्रम गर्न लागिएको हो ।
पुस्तक लाकार्पणको प्रमुख अतिथिमा माडी गाउँपालिका अध्यक्ष अमरसिंह पुन रहनु हने छ । विशिष्ट साहित्यकार डि.बी. घर्ती रहने आयोजकले जनाएको छ ।पुस्तकको समिक्षक साहित्यकारद्वय अमर जि.एम. र आभाष बेसहारा गर्नुहुनेछ । कार्यक्रम असार १४ गते माडी गाउँपालिका घर्तिगाउँमा हुँदैछ ।