पश्चिम दाङमा मोटरसाइकको ठक्करबाट एक व्यक्ति गम्भिर घाइते

राजेश नेपाली नेटवर्क, फागुन ६। पश्चिम दाङको रगैजामा मोटरसाइकको ठक्करबाट एक व्यक्ति गम्भिर घाइते भएका छन् । पश्चिमबाट तुलसीपुर जादै गरेको लु ७६ प ८४२३ नम्बरको मोटरसाइकले शान्तिनगर ५ रगैजा बजारमा ठक्कर दिदा शान्तिनगर ६ सुण्डबरी निवासी ५७ बर्षीय मोहन के।सी रेग्मीे गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।



रेग्मीको दुई वटै खुट्टा भाचिएको छ भने टाउकोमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते रेग्मीलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । दुर्घटनाबाट चालक पनि घाइते भएका छन् । घाइते चालक शान्तिनगर ३ पातेटाकुरा निवासी २५ बर्षीय मदन सापकोटाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ओभर स्पिडका कारण बाइक अनियन्त्रित भएर साइकल दो¥याउन लागेका व्यक्तिलाई बाइकले ठक्कर दिएको प्रत्यक्षको भनाई छ । घाइते रेग्मी नातीको साइकल बनाउन रगैजा बजार आएका थिए ।

Post a Comment

0 Comments