प्युठानको रम्दी पिक अप जिप दुर्घटना

राजेश नेपाली नेटवर्क, माघ २६ । प्युठानको माण्डबी गाउपलिका –५  रम्दी पिक अप जिप दुर्घटना भएको छ । बुधबार अपरान्ह करीब ५ बजे  रा १ च १२५३ नम्बरको महिन्द्रा पिक अप भ्यान दुर्घटना भएको प्रहरीले बताएको छ । स्वर्गद्वारी नगरपालिकाको भिङ्रीबाट बिजुवार जाने क्रममा चकचके नजिक दुर्घटना भएको बुझिएको छ । 



 सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । सबारी चालक सामान्य रहेका छन भने कुनै अन्य मानबिय क्षेती नभएको प्रहरीले जानकारी दिएक छ । सो स्थानमा करिब ३ महिनामा पटकपटक गरि ३  वटा सवारी दुर्घटना भैसकेको स्थानीयले बताए ।


Previous Post Next Post