Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

राजेश नेपाली नेटवर्क, फागुन ९ । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन् ।



दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको हाे । 

दुर्घटनामा परि चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दीपक केसी गम्भीर घाइते हुनुभएकाे छ । केसीकाे टाउको र खुट्टामा चाेट लागेकाे र अहिले  लुम्बिनी सीटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।

राति करिब १० बजेतिर टिपर सडकबाट १५० मिटर तल खसेको  प्रहरीले जनाएको छ ।