सत्यमाेहन जाेशीकाे छातीमा निमाेनिया सङ्क्रमण

राजेश नेपाली नेटवर्क, माघ २५ । स्वास्थ्यमा समस्या देखिएर किस्ट अस्पतालमा भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीको छातीमा निमोनियाको सङ्क्रमण देखिएको छ । छातीमा निमोनिया सङ्क्रमण देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले प्रेस विज्ञप्ति निकालेर जानकारी गराएको छ ।  जाेशीलाई हिजाे साेमवार राति किस्ट अस्पतालमा भर्ना गरिएको हो । 



उहाँको पीसीआर परीक्षणका लागि स्वाब जाँच गर्न पठाइएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर सुरज बज्राचार्यले जानकारी दिनुभयो ।  

अहिले जाेशीकाे स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे देखिएकाे अस्पतालले जनाएको छ । 

Post a Comment

0 Comments