राजेश नेपाली नेटवर्क, फागुन १ । लुम्बिनी प्रदेशले आफ्नो स्थापना दिवसमा सार्वजनिक विदा दिएको छ । स्थापना दिवसका अवसरमा प्रदेशभर फागुन ३ गते सार्वजनिक विदा दिइएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत देविराम पठकले फागुन १ गते सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा लिएको जानकारी दिए ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस आजदेखि मनाउन सुरु गरेको छ । तीन दिन स्थायी राजधानी दाङमा विभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउइने सञ्चार मन्त्रालयले जनाएको छ ।
कोरोनाको जोखिमलाई ख्याल गर्दै स्थापना दिवसको अवसरमा कुनै ठूला कार्यक्रम भने नहुने र प्रतिकात्मक कार्यक्रम गरिने सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।
स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी गरिएको छ ।