राजेश नेपाली नेटवर्क,५ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ ।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी, रविना थापा, वैदेशिक रोजगार राहत कोष समितिका संयोजक तथा उपाध्यक्ष आरके शर्मा र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
गैरआवसीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले सम्पूर्ण नेपाली श्रमिकको भविष्य सुरक्षित गर्ने हेतुले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले कामदारको तलबबाट केही रकम कटौति गरी कम्पनीका तर्फबाट थप्न लगाइ सामाजिक सुरक्षा कोषमा जम्मा गर्नेगरी काम भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कम्पनीले सिधै कोषमा जम्मा गर्नपनि सक्छ, वा केही अरु मेकानिजम खडा गरिन्छ, विदेशिएको नेपाली नेपाल फर्कँदा केही राहत होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’



0 Comments